बिरगंज २५ मंसिर
जन्ता समाजवादी पार्टी जसपाको सुदृढीकरण तथा जनजागरण अभियान शनिबार नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत दुप्चेश्वर गाउँपालिकामा सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण रौनियारले तराई मधेश र हिमाल जोड्ने एक मात्र पार्टी जसपा भएको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य रौनियारले समाजवादको संकल्प लिएर हिडेका जसपा तराई मधेश र हिमाललाई एकमुष्ट गरी लैजाने पार्टी भएको बताउनुभयो ।
उहाले हाम्रो पार्टीले बोकेको समाजबादको अभिभारा पूरा गर्न तपाइँ जनताको साथको आवश्यकता रहको बताउनुभयो । उहाले नुवाकोटको आलुलाई काठमाण्डा पुर्याउनु पर्ने बेला एको बताउनुभयो । जसपाले कृषि मन्त्रलाय पाएकोले कृषकको पसिनाले उब्जेको उत्पादनलाई उच्च मुल्यांकन हुने समेत बताउनुभयो । सो अवसरमा वन तथा वातावरण मन्त्री माननीय राम सहाय यादव, जसपा केन्द्रिय सदस्यहरु विद्युत बज्राचार्य,जेसिका लामा जि , जिल्ला अध्यक्ष इश्वर राउत लगायतको उस्तिथि रहेको थियो । त्यही क्रममा २ दर्जन नेता विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

