नन्दु यादव/ मसिर २५ ,पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न २सेमरीमा रहेकाे त्रिवेणी बचत तथा ऋण सहकारी सस्थाकाे २७ अाै साधारणसभा सरावल ७बरगदवामा रहेकाे बर्दघाटे कालिका मन्दिरमा सम्पन्न भएकाे छ ।ग्रामीण क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ । अा.ब.२०७८/७९काे २कराेड ५२ लाख ४४हजार ४सय ८१रुपैया बराबर काे अायब्य प्रस्तुत भएकाे थियाे ।
यश सस्थाले कृषि ,पशुपालन ,बैदेशिक राेजगार ,शैक्षिक लगायतकाे क्षेत्रमा लगानी गरि यश क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यश सस्थाका ब्यवस्थापक लक्ष्मुण गाैतमले बताउनु भयाे ।

कार्यक्रम सस्थाकाे अध्यक्ष ईश्वरीप्रसाद घिमिरे काे अध्यक्षतामा सम्पन्न भएकाे हाे । ।कार्यक्रममा सरस्वति शर्मा ,राम प्रसाद जाेशी ,कमलप्रसाद शर्मा ,सन्ताेष उपाध्या लगायतले सस्थाकाे प्रगतिकाे लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । साथ यश ससथाले साधारणसभा काे अवसरमा बर्दघाटे कालिका मन्दिरकाे सरसफाइ समेत गरिएकाेकाे सस्थाका शेयर सदस्य राम प्रसाद जाेशी ले जानकारी दिनु भयाे ।सस्थाकाे सबै शेयर सदस्य हरुले कुचाे बाल्टी लिई मन्दिरकाे परिसर भित्रकाे सरसफाई गरिएकाे जाेशीले बताउनु भयाे ।यसले अामनागरिकमा पनि सरसफाइ सम्बन्धि जनचेतना जगाउने उदेश्य ले सरसफाइ गरिएकाे वहाले बताउनु भयाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

