तुलसी राम पौडेल /फर्साटिकर, मंसिर २५
विद्यालयको जन्मोत्सवको शुभ अवसरमा रुपन्देहीको बुटवल -१५ मैनापुर स्थित सिद्दी विनायक इङलिस सेकेन्डरी स्कुलले लुम्बिनी अपांग दृस्ठि विहिन अनाथ आश्रम बुटवल -१५ उजेलापुरमा रहेका ३३ जना असहायलाई सहयोग कार्यक्रम अन्तरगत १ दिनको खाना सहयोग गरेको छ।सेवा नै परम धर्म भएकोले विद्यालयले सहयोग कार्यक्रम राखेको विद्यालयका शैक्षिक कार्यक्रम संयोजक लिलाधर न्यौपानेले बताउनु भयो।विद्यालय संचालक समितिका सदस्य अर्जुन खत्रीले अनाथ ,अपांगको सेवा नै मानवको धर्म भएको बताउनु भयो।लुम्बिनी अपांग दृस्ठि विहिन अनाथ आश्रमका अध्यक्ष मिरा खड्काले विद्यालयले गरेको सहयोग प्रती खुशी प्रकट गर्नुभयो ।
आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले आश्रममा व्यवस्थापन गर्न गार्हो भताउनु भयो ।हामीले गित गाएर ,कार्यक्रम गरेर व्यवस्थापन गरेका थियौं तर कोभिडको कारणले कार्यक्रम गर्न नपाउदा आश्रममा रहेका अनाथ,अपांग एवं दृस्ठि विहिनलाई खाना जुटाउन गार्हो भएको उहाको भनाइ थियोे ।सहयोगी दाताहरूले गरेको सहयोगमा नै आश्रम संचालन भएको बताउनु भयो ।
संचालक समिती सदस्य अर्जुन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका प्राचार्य शिव अर्यालले गर्नुभएको थियोे ।
कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका सदस्य कृष्ण शर्मा र बिष्णु माया पुन लगायतको उपस्थिति रहेकोे थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

