Rashtriya Dainik

नौ दिवाशिय श्री सहशत्र चण्डी महायज्ञको जलयात्रा

राजन कुमार बानिया/पर्सा २२ मंसिर
पर्सा को छिपहरमाई गाउँपालिका वाड नं ४ बन्जारी छिपहरमाईको प्रग्णमा भईरहेको नौ दिवासिय श्री सहशत्र चण्डी महायज्ञको जलयात्रा कार्यक्रमलाई एक कार्यक्रमकाे बिच प्रमुख अतिथी रहेका पर्सा जिल्ला प्रमुख ( सिडियो )उमेश ढकालले उदघाटन गर्नु भएको थियो। प्रमुख अतिथी ढकालले बिधवत रुपमा पुजापाठ गरि फिता काटेर श्री सहशत्र चण्डी महायज्ञको उदघान गर्नु भएको हो। उदघाटन कार्यक्रममा बोलदै भने बिश्वमा फैलिरहेको बिभिन रोगलाई ध्यानमा राखि सत्रक्ता अपनाई साथै शान्ति सुरक्षालाई मध्यनजर गरि अापसी भाईचारा कायम राखन जनसमुदायहरुमा अाग्रह समेत गर्नु भएको हो। महायज्ञको पुर्णरुपले सफल बनाउन माता छिपहरमाई , र श्री सहशत्र चण्डी महायज्ञमा प्राथना गर्नु भएको थियो। छिपहरमाई गाउँपालिकाको वाड नं ४ बन्जारी मा रहेको छिपहरमाई मंदिरको प्राग्णमा भईरहेको श्री सहशत्र चण्डी महायज्ञको जलयात्रामा १६५१ कुवारी कन्याहरुले सहभागिता रहेको थियो । उदघाटन कार्यक्रममानेपाल प्रहरीका पर्सा एसपी रमेश कुमार बस्नेत, सशस्त्र पुलिस को एसपी राजेन्द्र खडका ,जगरनाथपुर गाउँपालिका अधयक्ष जालिम मियाँ ,छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ,धोबिनी गाउँपालिका उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी, ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक दिपक थापा, बिअोपी भिस्वा का सशस्त्र प्रहरी निरिक्षक राजेश्वर साह, जसपा का नेता ईगसन साह कलवार, नेपाली काँग्रेस के युवा नेता दिपेन्द्र सिंह, गायक अनिल बर्मा,नेता जिर्जोधन पाण्डे , महायज्ञ समिति के कोषाध्यक्ष जितेन्द्र बर्मा, वडाध्यक्ष रामबालक गदी, गनेश यादव , लालबहादुर यादव ,सुनिल बर्मा,लगायतले महायज्ञको सफलताको शुभकामना दिनु भएको छ। श्री सहश्त्र चण्डी महायज्ञ का अध्यक्ष एव पुर्व गाबिस अध्यक्ष रामेश्वर महतोले जनाए अनुसार यह महायज्ञ मा अाज जलयात्रा मा १६५१ कुवारी कन्या हरु सहभागित रहेको छ। महायज्ञ स्थल बाट जलयात्रा मा बाजा गाजा को साथै बंजारी भिस्वा भएर भारत को सिकटा ,मिलपर्सा,,सडकिया टोला हुँदै बुढगाई ,जयमंगलापुरको नजिक उतरबाहिनी अोरिया जल भरी तुल्सिवर्वा गाउँ हुदै पुन्ह छिपहरमाई को स्थान महायज्ञमा पुगी श्री सहशत्र चण्डी महायज्ञ को कार्यक्रम लाई अगाडि बढाउने कार्यक्रम रहेको छ । यस श्री सहशत्र चण्डी महायज्ञ अाज देखि नौ दिन सम्म लागने अायोजक का अध्यक्ष रामेश्वर महतो ले बताए ।यसमा नेपाल भारतको भक्तजनोहरुको सहयोगमा महायज्ञ भईरहेको छ। महायज्ञमा ५१ जना भक्तजनहरुले बेदीमा बसेका छन। महायज्ञमा नेपाल भारतको अचार्य, पण्डितहरुको सहभागिता रहेको छ।।यहाँ महायज्ञमा प्रबचनकर्ता , रामलिला, र नेपाल भारत को गायकहरु लगायत खाने बस्ने निशुल्क ब्यवस्थापन गरिएको छ। महायज्ञ स्थल नजिक बिभिन किसिम का स्टल ,र मनोरंजन को लागि झुलवा, लगायतको समाग्रिहरु रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित