मुक्ती तिवारी
नेपाली काङ्ग्रेसका नेता संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशका नवनिर्वाचित महामन्त्री बिक्रम खनालले चुनाबी रणनीति,पार्टीका आन्तरिक बिषय र नेतृत्वका कुराहरुमा सामाजिक सन्जालमा तथ्यहिन कुराहरु लेखेर सन्जालको दुरुपयोग नगर्न काङ्ग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गर्नु भएको छ।
पार्टीलाई कसरी एकढिक्का बनाएर कसरी बलियो बनाएर लैजाने भन्ने बिषयमा सोचौ महाधिवेशनकै मुखमा आधार हिन कुराहरुलाई प्रस्रय नदिउ नेता खनालले भन्नू भयो ।
काङ्ग्रेसको केन्द्रिय महाधिवेशनमा पश्चिम् नवलपरासी सहित समग्र लुम्बिनी प्रदेशलाई लाई केन्द्रमा बलियो रुपमा स्थापित गराउन सबैको भुमिका अपरिहार्य रहने कुरामा उहाको जोड रहेको छ।
महामन्त्री खनालने आफुलाई निर्वाचित गराउने सम्पुर्ण प्रतिनिधि,शुभेच्छुक सम्पुर्णमा आभार प्रकट गर्दै सबैको भावना र बिचारलाई समेटेर आफू अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

