Rashtriya Dainik

किशोरी बलात्कार गर्ने १० जनालाई १३ वर्ष कैद र १ लाख जरिवाना

नवलपरासी जिल्ला अदालतले १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने १० जनालाई जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

२ वर्षअघि जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

हिजो (सोमबार)को इजलासले गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरूप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको बताइएको छ । घटनामा संलग्न १० मध्ये ९ जना घटना लगत्तै पक्राउ परेका थिए भने एक जना अझै फरार छन् ।

जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामूहिक बलात्कार गरेका थिए ।

घटनामा संलग्न भएर सजाय पाउनेमा सुस्ता गाउँपालिका–३ फेनरहवा र सेखवानी गाउँका हुन् । उनीहरू सबैको उमेर १९ देखि ४० वर्ष छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित