Rashtriya Dainik

काँग्रेस नेता कण्डेल र कलवारद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

उमेश बि.क / नवलपरासी ,२१ मंसिर

नेपाली राजनितिमा निकै चर्चीत नाम हो । देवेन्द्रराज कण्डेल – ( मुन्ना बाबु ) नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये कण्डेलको नामपनि शिर्षस्थानमा मानिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँण्डेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्नु भएको छ ।
राजनीतिमा नै जीवन समर्पण गर्नु भएका नेता कँण्डेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाउनुभएका कण्डले यतिबेला नेपाली काँग्रेसकाे १४ औं महाधिवेशनमा पुनः केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

पुर्व गृहराज्यमन्त्री तथा पार्टीमा प्रभावशाली नेता एवंम् कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका कँण्डेल अहिले बैचारिक एकता तथा रूपान्तरित एवम सुदृढ काङ्ग्रेस निर्माणका लागि पुनः केन्द्रीय सदस्यका उमेदवार रहेको बताउनु भएको छ।

आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण गर्न सभापति शेरबहादुर देउवा समूहबाटै आफूले पुनः उम्मेदवारी दिइएको बताउनुभएको हाे।

नेता कण्डेलले मेचिदेखि महाकालीका महाधिवेशन प्रतिनिधिहरुलाई पुरै प्यानल बिजयी बनाउन अनुरोध गर्नुभएको छ।


त्यस्तै लामो समय देखी समाजसेवामा समेत संलग्न रहेका संविधान सभा सदस्य देवकरण प्रसाद कलवार “सन्तु” ले पनि मधेसी काेटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार हुने बताएका छन् । उनले वैचारिक रुपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् ।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्वाचन यहि काठमाण्डौमा हुदैछ । निर्वाचनबाट १ जना सभापति, उप-सभापति २ जना, महामन्त्री २ जना, सह-महामन्त्री ८ जना र सदस्य गरि जम्मा १ सय ३४ जनाकोे चयन हुने ब्यवस्था रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित