राजन कुमार बानिया
पर्सा २१ मंसिर
नेपाल संघीय समाजवादी पार्टी पर्साका पूर्व जिल्ला संयोजक इमदाद गद्दी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । गत संघिय निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को संसदमा समेत प्रत्यासी भईसकेका गद्दी मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
नेता गद्दी मंगलबार काठमाडाैंस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) निवास खुलमटारमा पुगी माओवादीमा प्रवेश गरेका हुन । उनलाई अध्यक्ष प्रचन्डले पार्टीमा स्वागत गरेका छन
त्यस्तै, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवसहित आधा दर्जन विधार्थी नेताहरु पुरानै घर फर्किएका छन् । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले बनाईदिएपछि प्रभु साहसँगै एमालेमा लागेका अखिल क्रान्तिकारीका पूर्व सचिव अमिताब बच्चन दास, विधार्थी नेता सुनिल रौनियार, आईटी आर्मी पर्साका अध्यक्ष संतोष पटेल, प्रदीप गुप्ता, मखन पटेल लगायतका विद्यार्थी नेताहरु पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत भईसकेका दास माओवादी केन्द्रको सरकारको पालामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत भएका थिए । प्रभु साहसँगै एमालेमा लागेका दास एमालेको जिल्ला सदस्य, युवा परिषद पर्साका अध्यक्षको समेत जिम्मेवारीमा सम्हालीसकेका व्यक्ति हुन ।
उनिहरुलाई पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन । सो अवसरमा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याल, सांसद शेख चादं तारा, पर्सा जिल्ला ईन्चार्ज विजय महतो, जिल्ला अध्यक्ष रामदरस कुशवाहा, जिल्ला सदस्य प्रभाकर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

