कोरोनाको विश्व रेकर्ड : एकैदिन ५ लाखभन्दा धेरैमा संक्रमण

काठमाडौं / २ मंसिर

विश्वमा एकैदिन पाँच लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै एक लाख ६१ हजारसहित पछिल्लो २४ घण्टामा पाँच लाख तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड ५३ लाख ३९ हजारभन्दा धेरै भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार तीन सयसहित १३ लाख ३१ हजार सात सयभन्दा धेरैले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण भएकामध्ये तीन करोड ८४ लाख ८३ हजारभन्दा धेरै निको भएका छन् भने अहिले विश्वभर एक करोड ५५ लाख २४ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

झण्डै एक वर्षअघि चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा अहिले विश्वका दुई सय १७ देशमा पुगिसकेको छ । नौ वटा देशले भने सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झारेर कोरोनामुक्त भएका छन् । भाइरस सुरु भएको चीनमा पनि अहिले तीन सय ७४ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणको पहिलो लहर ठिक नहुँदै दोस्रो लहरको सङ्क्रमण फैलिएपछि युरोपलगायतका देश फेरि समस्यामा पर्न थालेका छन् । सङ्क्रमण बढेपछि युरोपेली देशमा फेरि लकडाउन तथा विभिन्न किसिमका प्रतिबन्ध सुरु गरिएका छन् । बेलायत, इटली, फ्रान्सलगायतका देशले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यु नै जारी गरेका छन् ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानम गेब्रेसियसले विश्वमा कोरोना भाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने बताउनुभएको छ । उहाँले खोप महामारी नियन्त्रणका लागि अरू सबै उपायमध्येको एउटा उपाय मात्रै भएको भन्दै सङ्क्रमितको मृत्युदर नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोरोनाविरुद्धको खोप चाँडै प्रयोगमा आउने आशा बढिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनका प्रमुख गेब्रेसियसले अनुगमन र परीक्षण अझै बढाउँदै बिरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अपनाउनु नियन्त्रणको प्रभावकारी उपाय भएको बताउनुभयो । उहाँले खोपको आपूर्ति सुरुमा नियन्त्रित रूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, पाको उमेरका व्यक्ति र अरू जोखिममा रहेका मानिसलाई रहनुपर्ने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot