महेश सिंह/ लहान सिरहा २१ मंसिर- लहान नगरपालिका वडा १५ का वडा अध्यक्ष तेज नारायण चौधरीद्वारा समाजसेबी महेश चौधरी सम्मानित भएका छन्।केहि हप्ता अगाडि सम्पन्न भएको नेपाली काङ्ग्रेसकाका महादिबेशनबाट सिरहा क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका स्थानीय काङ्ग्रेस नेता महेश चौधरीलाई लहान नगरपालिका वडा नम्बर १५ का अध्यक्ष तेज नारायण चौधरीले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति चौधरीलाई फुलको माला गम्छा र अबिर लगाएर सम्मान गरेका थिए।
उक्त सम्मान कार्यक्रमको अध्यक्ष संबंधित वडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षता भएको थियो भने प्रमुख अतिथिमा समाज सेबि महेश चौधरी रहनु भएको थियो।
समाज सेबि चौधरी लगायत ३ जनालाई सम्मान गरेका थिए।
सम्मानित हुनेमा सभापति महेश चौधरी,प्रदेश महाधिवेशन प्रतिनिधि मिलन देबि कार्की,क्षेत्री सदस्य प्रमोद कुमार चौधरी,समानित भएका छन्।
अतिथिहरुमा टिका बहादुर राउत,नवीन कुमार चौधरी बलिराम चौधरी,टुने बहादुर राउत,वडा सदस्य आनन्द कुमार राउत,राम कुमारी दास लक्ष्ण चौधरी थारु क्षेत्री प्रतिनिधि पबित्रा तामाङ,फिर्ती चौधरी,अशा राम चौधरी लगायतका ब्यक्तीहरुको सहभागीता रहेको थियो।
समानित गर्दै अध्यक्ष चौधरीले भने बास्तिक हिसाबले आफू चुनावमा अर्को खेमामा रहेपनि समाज सेबिलाई सहयोग गरेको छु।आफू निकै खुशी रहेको बताए।समाज सेबि चौधरीले समाजमा नयाँ पनका निकै सराहनीय कामहरु गरेका छन् भन्दै सुभ कामना दिएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

