Rashtriya Dainik

नेपालमा पनि देखियो ओमिक्रोन भाइरस

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा यसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

मन्त्रालयले परीक्षणका क्रममा गत आइतबार दुईजनामा संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दक्षिण अफ्रिकाबाट आएका दुईजनामा संक्रमण पुष्टि भएको बताए। जसमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एक व्यक्ति रहेका छन्।

साथै उनीसँग सम्पर्कमा आएका अन्य ६६ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित