महेश सिंह /सिरहा लहान २० मंसिर – ब्यबसायीहरुलाई सहि मार्गमा जान र कमि कमजोरीको उन्मुलन गर्न र नयाँ प्राविधिको माद्य्यमले ब्यापारमा प्रगति गर्न सिरहाका करिब १०० जना ब्यवसायीहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।
घरेलु तथा साना उधोग कार्यालय लहानले उद्योगी ब्यापारी र ब्यवसायी गर्ने ब्यक्तीहरुलाई प्रशिक्षण दिएका हुन्। किसानहरुमा पर्न गएको समस्यालाई उथान गर्न घरेलु तथा साना उधोग कार्यालय लहानले बजार बिस्तार गर्न ब्यावसायीहरुसंग अन्तरक्रिया गरेका छन्।
कम्प्युटर ब्यवसायी दिपेन्द्र सिंहका अनुसार किसानहरुको हकमा खाद्य मलको हहकार मचेको छ।लहानमा ब्ययसायी पुरानै तर्जु र बैठखारा अहिले पनि प्रयोगमा रहेको देखिन्छ। लहानमा राम्रो ब्यापार गर्न चुनौतीको विषय रहेको छ्।ठुलो ब्यापार गर्न सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताए।
बजार ब्यवसायी बिस्तार गर्न घरेलु तथा साना उधोग लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र यादवले ब्यापार बिस्तार गर्न प्रशिक्षण दिएका थिए।उक्त कार्यक्रममा लहानका विभिन्न संस्था र बैंक प्रमुखहरुको सहभागीता रहेको थियो।

पत्रकार अर्जुन थपलियाका अनुसार अबारा पुजी बादको दुनियाँमा किसानले उत्पादन गरेको उपजलाई किसानले मुल्य तोक्नु पर्ने अधिकार किसानलाई नै हुनुपर्ने जोडदार माग उठाएका थिए।जिबनको लामो समय पत्रकारिता पेसामा आवद्ध रहेर कामगरेका थपलिया हाल कृषि खेतीमा फर्केका छन्। हाल पत्रकार थपलिया कुशल किसानको रूपमा स्थापित भएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

