सिरहाको लहान १ स्थित संचालनमा रहेको बसपार्कमा अबैध रकम असुली गरेको तथ्य फेला परेको छ।स्थानीय महेश गुप्ताको निजि बसपार्कलाई पैसाको आडमा लहान नगरपलिकाले बार्शीक ४३ लाखमा स्थानीय पपु सिंहलाई ठेक्का दिएका छन्।
लहान नगरपालिकाले बिचोलीयाको काम गर्दै पिसा उठाउने गरेको छन्।स्थानीय पपु सिंहले बाद्य्य भएर पैसा उठाउनु भएको छ्।लहान नगरपालिकाको पुर्ण रूपमा बदमासी रहेको स्थानीय काङ्ग्रेस नेता महेश चौधरीको आरोप रहेको छ्। काङ्ग्रेसका नेता महेश चौधरी लगायत केहि नेताहरुले हिजो रकम उठाउनमा रोक लगाए हुन्। यस्मा ठेकेदार पपु सिंहको कुनै दोस नदेखिएको छ।
लहान नगरपालिकाले अबैध रकम असुली गरी रहेको भन्दै समाज सेबी तथा नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर १ का सभापति महेश चौधरी नेतृत्वमा काङ्ग्रेसका राजनीति कार्यकर्ताहरु सब पार्क अगाडि पुर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका बाट परिचालित केहि कर्मचारी र प्रतिनिधिहरुले राजमार्गमा चल्ने छोटो तथा लामो दुरिका सबारी साधनबाट मनपर्दी र जोर्जबर्जस्ती अबैध तरिकाले छोटो तथा लामो सबारी गाडीहरुलाई बसपार्कमा गाडीहरूलाई करगरेर गाडीबलाहरुसंग पैसा असुली गर्ने गरेको तथ्य फेला परेको छ।
नेता चौधरीका अनुसार आफू खुशी बसपार्कमा सबारी छिराएमा बसपार्कको चार्ज १०० र बाहिरको गाडीलाई ५० रुपैयाँ लिने गरेको छ्।गाडी बसपार्क भित्र छिराएमा चार्ज लिदा आफ्नो कुनै आपत्ति नरहेको नेता चौधरीको भनाइ छ।
र राजमार्कमा बसेका युवाहरुले सबारीवालाहरु संग पैसा उठाउनु सरासर गल्ती रहेको उनको ठहर रहेको छ। अर्को एक्सिडेन्ट्को जोखिम समेत देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

