Rashtriya Dainik

नारी एकताको १६ वार्षिक साधारण सभा सम्पन्न

तुलसी राम पौडेल /अमवा, मंसिर २०

रुपन्देहीको सियारी गाउपालिका -७ पश्चिम् अमवा स्थित नारी एकता महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भयो।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले उक्त साधारण सभा एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा सहकारीको माध्यमबाट महिला दिदिबहिनीहरुले व्याबसायी बनी आर्थिक उन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सस्थालाई सहयोग पुर्‍याउने शेयर सदस्यहरुलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
कार्यक्रममा सस्थाका अध्यक्ष हुमकान्ती भुर्तेलले सस्थाको वार्षिक प्रतिवेदन गर्नुभएको थियोे ।
त्यसै गरि सस्थाका लेखा संयोजक तुलसा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सस्थाका अध्यक्ष हुमाकान्ती भुर्तेलको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुद्दोधन बचत तथा ॠण सहकारी सस्थाका अध्यक्ष झपेन्द्रराज अर्याल, उत्तम महिला कृषि सहकारीका अध्यक्ष बिस्णु क्षेत्री, सस्थाका पुर्व अध्यक्ष मिठु पौडेल ,राधिका खरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

सस्थाका पुर्व अध्यक्ष इन्दिरा अर्यालको धन्यवाद ज्ञापन ,सस्थाका उपाध्यक्ष सरस्वती भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचीव सीता भट्टराईले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित