राष्ट्रिय दैनिक / नवलपरासी ,१९ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ गाेइनिमा मालबाहक ट्रक अाज राति पल्टिएको छ।
युपि ५१ टी ९५०७ नंबरको इन्डियन गाडी पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको अवस्थामा गोइनी स्थित विद्युतको खम्बामा ठक्कर दिदा पल्टिएको हाे।

चालक मादक पदार्थ सेवन गरि उक्त गाडी चलाएले ट्रक अनियन्त्रित हुदा पल्टिँदा चालक र खलासीको निधारमा चोट लागेको स्थानीय बासीहरुले बताएका छन । चालक र खसाली फरार भएका छन । १२ चक्के पाङ्ग्रे ट्रक धान लोड गरेर पश्चिमबाट हुलाकी बाटो हुँदै पुर्व तिर जाँदै गरेको थियो।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

