Rashtriya Dainik

सियारीमा महिला स्वास्थ्य स्वयं सेविका तथा स्वास्थ्यकर्मी सम्मानित

तुलसी राम पौडेल
सियारी,मंसिर १९
१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको शुभ अवसरमा रुपन्देहीको सियारी गाउपालिकामा विदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गाउपालिका अन्तरगत उमेर पुगी अवकाश भएका सामुदायिक स्वास्थ स्वयं सेविकाहरुलाई गाउपालिकाको तर्फबाट नगद ५० हजार रुपैया सहित विदाइ र नवनियुक्त स्वास्थ्य महिला स्वयं सेविकाहरु र पश्चिम् अमवा स्थित अमवा स्वास्थ्य चौकिको लागि नियुक्त गरिनुभएका डाक्टर सागर न्यौपानेलाई स्वागत सम्मान गरिएको छ। त्यसै गरि प्रत्येक वडाबाट एक जना उत्कृष्ट महिला स्वयं सेविका र प्रत्येक स्वास्थ्यचौकीबाट २/२ जना स्वास्थ्यकर्मी समेत सम्मानित भएका थिए।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले सियारी गाउपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयं सेविकाको महत्त्वपूर्ण भुमिका रहेकोे बताउनु भयो । कोभिड न्यूनीकरण गर्नको लागी चेतनामूलक कार्यक्रममा सक्रिय हुनुपर्ने र गाउपालिकाले लागू गरेको जगत जननी कार्यक्रमलाई सफल पार्न घरदैलो अभियान गर्न आग्रह गर्नुभयो ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले महिला स्वास्थ्य स्वयं सेविकाको सक्रिय भुमिकाबाट नै सियारी गाउपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट हुन सफल भएको बताउनु भयो।
सियारी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेलले महिला स्वास्थ्य स्वयं सेविकाबाट स्वास्थ्य क्षेत्रमा राम्रा कार्यहरू भएको बताउनु भयो ।

गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईको अध्यक्षता, गाउपालिका उपाध्यक्ष अमृता गुरुङको प्रमुख आतिथ्यता, वडा नम्बर ३ का अध्यक्ष घिसन अहिर ,वडा नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,वडा नम्बर १ का कार्यवाहक अध्यक्ष धनराज शर्मा ,लेखा शाखा प्रमुख नारायण प्रसाद पौडेलको आतिथ्यता, स्वास्थ्य शाखा नर्सिङ अधिकृत ललिता पुनको स्वागत मन्तव्य , स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीद्वारा संचालित कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल ,नव नियुक्त डाक्टर सागर न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित