Rashtriya Dainik

माअोबादीमा भुकम्पको संकेत ,पर्साको जगरनाथपुरमा ८ गते नेकपा एमालेका अध्यक्ष केपी ओली अाउदै

राजन कुमार बानिया/पर्सा १९ मंसिर
नेपाल कम्युनिष्ट पार्टी एमालेको पर्सामा बृहत पार्टी प्रवेश कार्यक्रम हुने भएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पर्साको जगरनाथपुर गाउँपालिकामा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले पर्सा जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए। नेकपा एमाले को बृहत् पार्टी प्रवेश कार्यक्रम बाट पर्सा मा नेकपा माअोबादी मा भुकम्प अाउने संकेत देखिएको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार तथा पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ र जगरनाथपुर गाबिस पुर्व अध्यक्ष मोसालिम मियाँ समेत हजारौं को संख्यामा बृहत पार्टी प्रवेश कार्यक्रम हुने छ। आउँदो पुस ८ गते नेकपा एमाले को बृहत पार्टी प्रबेश कार्यक्रम जगरनाथपुर गाउँपालिका मै हुने पुर्व गाबिस अध्यक्ष मियाँले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित