Rashtriya Dainik

विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता लोसपामा प्रवेश

प्रिन्स मिश्रा कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्त ठाकुरले मधेशी जनता प्रतिको विभेद र दुर्व्यवहार अझै पनि कायम रहेको बताएका छन ।

जुनसुकै पार्टीको सरकार आए पनि मधेश र मधेशी माथि विभेद गर्दै आएको बताउँदै मधेशीहरुको मुद्दाहरु अहिले पनि समाधान नभएको बताए । उनले भने ‘जबसम्म मुद्दा समाधान हुँदैन तबसम्म हाम्रो संघर्ष जारी रहन्छ । मधेसीहरु माथि पटक–पटक विभेद र दु्रव्यवहार भइरहेको छ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा आयोजित पार्टी प्रवेश तथा बृहत आम सभालाई सम्बोधन गर्दै ठाकुरले बताएका हुन् । ठाकुरले राज्यका सबै निकायमा मधेशीहरुको प्रतिनिधित्व नभएको भन्दै समान सहभागिताको माग समेत गरेका छन ।

जनसंख्याको आधारमा मधेशीको संख्या बढी भएतापनि सहभागिता भने न्यून रहेको भन्दै अध्यक्ष ठाकुरले आफू मधेशी जनताको हक अधिकारको पक्षमा सँधै काम गर्ने लोसपा लुम्बिनी प्रदेश संयोजक रविदत्त मिश्रले प्रतिवद्धता जनाए छन ।

आफ्ना पार्टीका नेता कार्यकर्तालाई सचेत भएर बस्न आग्रह गर्दै मधेशी जनताले आफ्नो अधिकार अहिलेसम्म नपाएकोले जनताको अधिकार दिलाउन लोसपाको संघर्ष जारी रहने पनि मिश्रले दाबी गरे ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग र नयाँ सदस्य गरी ६०० देखी ८०० नेता र कार्यकर्ता लोसप नेपालमा प्रवेश गरेका राष्ट्रिय विद्यार्थी संघ कपिलवस्तुका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले बताएका छन ।

कार्यक्रममा लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी र लोसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य अनिल झा, लोसपा लुम्बिनी प्रदेश संयोजक रविदत्त मिश्र , लोसपा कार्यकारिणी समिति सदस्य अकवाल अहमद शाह , कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरि लगाएतका नेताहरुले आफ्ना भनाई राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित