हेटौंडा । नेपाली काङ्ग्रेस बागमती प्रदेशको सभापति पदमा तीनै जना उमेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः मतदान हुदैछ । सभापतिका तीन जना उमेदवार मध्य एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने भएकाले फेरी आज मतदान हुँदैछ ।
पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । यस हिसाबले अब सभापति पदमा पुनः मतदान हुने भएको हो। कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको जनाइएको छ ।
विहानबाट हुने भनिएको मतदान साँझबाट मात्रै सुरु हुन सक्यो । तर, लगत्तै गरिएको मतगणनाले मतदान पुनः गर्नुपर्ने स्थिति बनाइदिएको हो । अब बाँनिया र केसीका बिचमा पुनः मतदान हुने छ । तेस्रो हुने भीमसेनदास प्रधानले यसमा भाग लिन पाउने छैनन् । हिजोको मतदानमा जम्मा बदर भएको मतको संख्या १० रहेको निर्वाचन समितिले जनाएको छ । बाँकी १२ जनाले सभापति पदमा मत नदिएको पाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

