नन्दु यादव /मंसिर १९,नवलपरासी
जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले ‘जनमत माटो यात्राको लागि भाेलि साेमवार नवलपरासी अाउने जनमत पार्टीका केन्द्रीय सस्दस्य बिजि चाैधरीले जानकारी दिनु भएकाे छ ।
विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिरबाट माटो संकलन गर्दै डा.राउतले यात्राको क्रममा भाेलि देखि पश्चिम नवलपरासी मा ५दिन सम्म सबै स्थानिय निकायमा पुगि तेहाकाे माटाे सन्कलन गर्ने बताईएकाे छ । जस अन्तर्गत भाेलि २०गते सोमवार रामग्राम नगरपालिका ,पाल्हि नन्दन गाउपालिका २१गते सुनवल नगरपालिकामा, सरावल गाउपालिका, २५ गते बर्दघाट नगरपालिका प्रतापपुर ,सुस्ता गाउपालिकाकाे विभिन्न गाउ टाेलमा पुगि माटाे सन्कलन गरिने कार्यक्रम रहेकाे जनमत पार्टी नवलपरासी कि उपाध्यक्ष शारदा चाैधरीले बताउनु भयाे ।कार्यक्रम लाई सफल पार्न गाउँ गाउँमा प्रचारप्रसार भब्यरुपमा गरिएकाे कार्यक्रमका लागि सबै तयारी पूरा भएकाे जनमत पार्टी सरावल गाउपालिका सयाेजक कृष्णकान्त चाैधरीले बताउनु भयाे ।
जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रीय सदस्य बिजि चाैधरीले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

