Rashtriya Dainik

कांग्रेस गण्डकी प्रदेश सभापतिमा संस्थापन इतरका शर्मा निर्वाचित

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा ६ सय १३ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याए । सभापतिमा निर्वाचित कास्कीका शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ , महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।

उपसभापतिमा निर्वाचित मेखलालबाहेक सबै पदाधिकारी शुक्रराज नेतृत्वको प्यानलका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित