नवलपरासी , १८ मंसिर
पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल स्थीत तुरीया खोलामा निर्माण गरिएको अस्थायी वेलिबृज पुलमा क्षेती पुगे पछि सडक अबरुद्ध भएको छ।
गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो। बुटवल नारायणगढ सडक विस्तारका लागि पुल बनाउने काम भैरहेको छ। नयाँ पुल निर्माण गर्ने क्रममा बेलिबृजमा क्षेती पुगे पछि राजमार्ग अबरुद्ध बनेको हो।
५ देखि ६ घण्टा भित्र सानो गाडी सुचारू हुने गरि काम भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी मनोज कुमार यादवले जानकारी दिए।

पुल निर्माण सम्पन्न नहुन्जेल सम्मका लागि डाइभर्सन बनाउने काम भएको र आजबाट काम सुरु गरि एक हप्ता भित्र डाइभर्सन निर्माण सम्पन्न गरिने एसपी यादवले जानकारी दिनुभयो। तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

