महेश सिंह सिरहा लहान, मँसिर १८- सिरहाको भगवानपुर गाउँपालिकाले कृषकहरुको समान रुपमा सेवा सुविधामा पहुँचको लागि वर्गिकरण सहित किसान परिचय पत्रको शुरुवात गरेको छ ।ठूला,मध्यम,साना महिला किसान,मजदुर भुमिहिन कृषकहरुको लागि नेपालको सरकारको सेवा सुविधामा न्योचित ढँगले चाहिएको सुविधा पाउनको लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालको संगको साझेदारीमा नमूना कामको नयाँ तरिकाले शुरुवात गरेको छ ।
यो कार्ड जसको सवाल उसको नेतृत्वको एक आधारशिला हो । कार्डमा उल्लेखित सेवा प्राप्त गर्न किसानको अधिकार हो । त्यसैले अव किसानहरु बिचलित नभई कार्डमा लेखिएका सेवा सुबिधा उपयोग गर्न सक्रिय हुदै अगाडी बढौँ ।
वडा अध्यक्ष बद्रि नारायण यादवः यो काम नमुना काम हो । यसले किसानहरुमा कार्य गर्न सकृयता ल्याउँछ ।
गाउँपालिकाबाट वितरण गरिने समाग्रीहरु समान रुपमा वितरणको लागि सुधार गर्नु पर्ने देखिएको छ । म आफनो वडाबाट पुर्ण सहयोग गर्ने पर्तिबद्ध छु ।प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवः ८० प्रतिशत किसानहरुलाई गरिबी न्यूनीकरण गर्न यो काम गर्न थालेको हो ।
सखुवानन्कारकट्टी गाउँपालिकामा संचालन गरिसकेको छ । विस्तारै अरु स्थानीय तहले पनि गर्ला । यो घरधुरीको तथ्याँक गाउँपालिकाले प्रयोगमा ल्याउने हो । अवश्यता परे अरु संस्थाहरुले पनि प्रयोग गर्न सक्छ ।अध्यक्ष बेचन प्रसाद यादवः हामीले महासंघ तथा लि–वर्डसंग मिलेर २०७०÷२०७१ साल देखी नै कृषक समूहको संस्थागत काम गर्दै आएको छौ ।
भुमिहिन,शुकुमवाशी,दलित,सिमान्त र साना महिला किसानहरु लागि आर्थिक तथा समाजिक परिवर्तन गर्न उदेश्यले करार खेती संचालन, सिमन्ट पोखरी,गोठुधार,झोलमोल,कम्पोष्ट मल प्रयोग,साना सिचाई,हाँस पालन,जलवायु परिवर्तनका कामहरु गरेका छौँ । खाद्य अधिकार,खाद्य सुरक्षा र खाद्य सम्प्रभुता किसानको नैसर्गिक अधिकार हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

