उमेश बि.क / नवलपरासी , १८ मंसिर
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुस्मामा ब्यवसाय प्रबर्द्धनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे सहयोगमा तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुनर्जीवित परियाेजनाबाट उक्त तालिम सुरु गरिएको हाे।

तालिममा पाल्हिनन्दन गाउँपालिका वडा नं. १ देखि ६ अन्तर्गत २२ जनाकाे सहभागीता रहेको छ। तीन दिनसम्म सन्चालन हुने अभिमुखिकरण कार्यक्रमकाे सहजिकरण राम बहादुर श्रेष्ठले गर्ने रिकाेभ परियाेजना संयाेजक सबिना रेग्मीले जानकारी दिनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

