राजन कुमार बानिया/पर्सा १९ मंसिर
अार एम केडिया अाँखा अस्पताल परवानीपुर र धोबिनी गाउँपालिकाको सहयोगमा र सामुदायिक तालिम केन्द्र पर्साको आयोजनामा आज एक दिने निशुल्क अाँखा शिबिर पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिखमपुरमा सम्पन्न भएको हो। प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा आयोजना गरिएको निशुल्क अाँखा शिविरमा ३सय १२जनाले आँखा चेकजाँच गराएका थिए।
जस मध्ये १ सय २६ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाका ले जनाएको हो । शिबिरमा निःशुल्क औषधी र ६० जना महिला हरु लाई चस्मा समेत वितरण गरिएको थियोे । निशुल्क अाँखा शिबिरमा मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने अायोजक संस्थाले जनाएका छन।
निशुल्क अाँखा शिबिर धोबिनी गाउँपालिका वडा नं २ भिखमपुर का वडा अध्यक्ष नन्दलाल प्रसाद कुर्मी को अध्यक्षतामा समपन्न भएको थियो। निशुल्क अाँखा शिबिरमा केडिया अँखा अस्पताल का चिक्तिसक शिवशंकर प्रसाद,रासदेव साह, संतोष साह,लालबाबु मण्डल,राजेश अधिकारी,चनरमन पटेल लगायतले अँखाका रोगीहरुलाई चेकजाच गरेका थिए।
निशुल्क अँखा शिबिरमा वडा अध्यक्ष कुर्मीले महिलाहरुलाई अौषधी र चस्मा बितरण गर्नु भएको थियोे । निशुल्क अाँखा शिबिर कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष मनाउर मियाँ ,प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर का प्रमुख संतोष कुमार साह, नरेन्द्र साह, अमोद केवट ,पत्रकार लालबाबु बानिया, राजन बानिया,रितु कुमारी कर्ण,, लगायतको सहभागिता रहेको थियो।निशुल्क अँखा शिबिरमा मोतियाबिन्द रोगी हरु लाई निशुल्क अप्रेसन हुने आयोजक संस्था ले जनाए का छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

