महेश सिंह/ सिरहा लहान १७ मंसिर- सिरहाको लहान नगर पालिका वडा नम्बर २० स्थित रहेको माध्यमिक बिधालय गौछाडीमा नयाँ बिधालय ब्यबस्थापन समिति गठन गरेको छ। सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र जनप्रतिनिधि हेमन्त यादव,एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा स्थानीय नेता सत्यनारायण यादव र केहि अभिभावक बुद्धिजिबि नागरिक समाज,जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटीएको प्रतिनिधीको रोहबरमा बसेको बैठकबाट नयाँ समिति गठन गरेको छ्।
उक्त बैठकबाट अध्यक्षको पद खाली अर्थात थाती राखेर ४ सदस्य समिति गठन गरेका छन्।बिधालयमा देखिको कमिकमजोरी लाई सुधार गर्न र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन पुरानो समिति बिधटन गरी नयाँ बिधालय ब्यबस्थापन समिति गठन गर्न लागेको बिधालयका प्रधानाद्य्यापक राजेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।
उक्त अभिभावक भेला गर्दा बिधालयमा बिगत करिब २ बर्ष देखि मान्दै आएका बिधालय ब्यबस्थापन समितिका स्थानीय जितन कुमार साह लगायत कुनै पनि कार्यसमितिका पदाअधिकारीलाई कुनै जानकारी नगराई एकासी मनोपोली तरिकाले एकाअधिकार प्रयोग गरि र लहान नगरपालिकाको शिक्षा सखाबाट अभिभावक भेला तत्काल स्थित गर्न लिखित पत्रको अबहेलना र अपमान गरि बदनियत तरिकाले जोड जबर जस्ती तरिकाले नयाँ समिति गठन गरेको निबर्त्मान अध्यक्ष जितन साहले आरोप लगाएका छन्।

नयाँ समिति गठन गर्दा निबर्त्मान अध्यक्ष लगायत कार्यसमिति का सदस्यहरुले उक्त नयाँ समिति आफु नमान्ने स्कुलको हाता भित्र नारा जुलुस गर्दै बिरोधमा उत्रेका थिए।बिधालय ब्यबस्थापन समिति गठन गर्दा शिक्षा ऐन अनुसार कम्तीमा ५१% प्रतिशत अभिभावक भेला अनिवार्य उपस्थिति हुन्नुपर्ने नियमावलीमा उल्लेख गरेको जितन साहले ठहर गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

