Rashtriya Dainik

३० अाैँ राष्ट्रिय अपांगता दिवसकाे अवसरमा न्यानो लुगा वितरण

उमेश बि.क / नवलपरासी , १७ मंसिर

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा ३० अाैँ राष्ट्रिय अपांगता दिवसकाे अवसरमा न्यानो लुगा वितरण गरिएको छ ।

युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा पाल्हिनन्दन ३ कुस्मामा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयका ७ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हाे।

सुनवल सामुदायिक बिकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाकाे अध्यक्षता तथा युनाइटेड मिसन टु नेपालकाे पिस एण्ड प्रोटेक्सन म्यानेजर कविता गुरुङ , लैंगिक समानता परियोजना संयाेजक राधा तिमिल्सिना सापकोटा लगाएतकाे विशेष उपस्थितिमा सुस्त श्रवण विशेष कक्षाका ७ जना ३ जना बालिका र ४ जना बालकलाई जकेट, जुत्ता मोजा , चकलेट वितरण गरिएको सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेले जानकारी दिनुभएको हाे।

न्यानो लुगा वितरण गर्दै अध्यक्ष थापाले ३० अाैँ राष्ट्रिय अपांगता दिवसकाे अवसरमा फरक क्षमता भएकाहरुलाई चिसो मौसममा न्यानो लुगाको आवश्यकतालाई मध्येनजर गर्दै वितरण गरिएको बताउनुभयो । अाफु सामाजिक संस्थामा लागि जनहितका कामहरु गरिरहेकाेले आवश्यकता भएकाहरुलाई कुनै न कुनै रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

न्यानो लुगा पाएकाेमा हर्शित हुदै विद्यार्थीहरुले संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित