काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो । दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो । ढाकास्थित बगबन्धु नेशनल स्टेडियममा भएको खेलमा प्रशिक्षक बाल गोपाल महर्जनले भरत खवासलाई पहिलो रोजाइमा खेलाउँदै कप्तानको जिम्मेवारी दिएका थिए । तर १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेपछि गोलकिपर किरण चेम्जोङले आर्मब्याण्ड लगाए । पहिलो खेलमा डेब्यु गरेका तीन खेलाडी विकास खवास एरिक विष्ट र दर्शन गुरुङले दोस्रो खेलमा भने पहिलो रोजाइमै अवसर पाए । विकासले पहिलो खेलमा पहिलो रोजाइमै डेब्यै गर्दै पूरा खेलेका खेलेका थिए । बेन्चबाट मैदान प्रवेश गरेका एरिक र दर्शनले भने दोस्रो खेलमा शरुदेखि नै खेले । यस्तै दोस्रो खेलमा थप ३ खेलाडीले डेब्यु गरे । डिफेण्डर छिरिङ गुरुङले पहिलो रोजाईमै डेब्य गर्दा मिडफिल्डरद्वय पुजन उपरकोटी, सेसेहाङ आङदेम्बेले बेन्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरे । पुजन दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै सेसेहाङ ७२ औं मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीका कारण ८ महिनादेखि नेपाली खेलाडीले फुटबल खेलेका थिएनन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।