Rashtriya Dainik

अन्तर्राष्ट्रिय अाप्रवासन दिवस २०२१ भब्यताका साथ मनाउन छलफल

पुरन अधिकारी, पश्चिम नवलपरासी

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको अायोजना र इन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरको सहकार्यमा अन्तर्राष्ट्रिय अाप्रवासन दिवस २०२१ को अवसरमा साताव्यापी अायोजना गरिने कार्यक्रमको लागि छलफल कार्यक्रम सुनवल १२ भुमहिमा सम्पन्न भएको छ।

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीको प्रमुख अातिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा सरोकारवाला सामी परियोजना कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी ,आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका सचिव रामु भुषाल ,कोषाध्यक्ष सुमित्रा चौधरी ,सामी परियोजना परामर्शकर्ता रमा अाले , एकता न्यौपाने समाजिक परिचालक जीवन विक लगायत जिल्लामा कार्यरत सामी परियोजनाका कर्मचारी एवं आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय अाप्रवासन दिवस २०२१ (december 18)
तारिखलाई लक्षित गरि साप्ताहिक रूपमा गरिने कार्यक्रमको बारेमा छलफल गरिएको उक्त कार्यक्रममा विश्वभर छरिएर कार्यगर्दै अाईरहेका नेपाली कामदारको हितका लागि एवं कामको सिलसिलामा मृत्युवरण गरेका कामदारको अात्मा शान्तिका लागि जिल्लाका सातवटै पालिका र नगरपालिकामा दिप प्रज्वलन,बैदेशिक रोजगारीका समस्या झलकाउदै त्यसको निराकरण र सचेतनाका लागि सडक नाटक ,सम्बन्धि व्यक्ति र सरोकारवालाहरुको उपस्थिति गराई सचेतना कार्यक्रम ,पालिका एवं नगरपालिका स्तरीय आप्रवासी परिवार हकहित मञ्चको कमिटी गठन ,बैदेशिक रोजगारीले समस्यामा परेका बालबालिकाहरूलाई न्यानो कपडा र स्टेसनरी समान वितरण जस्ता कार्यक्रमहरु गरि समापनका दिन सरोकारवाला सङ्गको उपस्थितिमा आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको साधरण सभा र अधिवेशन गरि अन्तर्राष्ट्रिय अाप्रवासन दिवस 2021 (december 18) लाई भव्यताका साथ मनाउने छलफलबाट निर्णय समेत भएको छ।

स्मरणरहोस् यि संस्थाहरुले जिल्लामा बैदेशिक रोजगारीमा अाईपर्ने समस्याहरुलाइ निराकरण गर्न विभिन्न कार्यक्रमहरु गर्दै अाईरहेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित