नेपाली कांग्रेसको संस्थापनपक्षले लुम्बिनी प्रदेशमा आफ्नोतर्फबाट उम्मेदवार बन्नेको प्यानल तयार गरेको छ।
१४ औं महाधिवेशनअन्तर्गत १८ गते हुने लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा संस्थापनपक्षबाट रुपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले उम्मेदवारी घोषणा गरेका छन्।
सभापतिका उम्मेदवार शाह रूपन्देही ५ बाट निर्वाचित सांसद हुन्। यस्तै, उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमान सिंह रायमाझीले उम्मेदवारी दिने भएका छन्।
यता, सहमहामन्त्रीमा लक्ष्मी नारायण शाह, सरिता चौधरी र माया पुनले उम्मेदवारी घोषणा गरेका छन्।
रुपन्देहीको भैरहवामा हुने प्रदेश अधिवेशनका लागि संस्थापनइतरले आफ्नो प्यानल घोषणा गरिसकेको छ।
उम्मेदवारको मनोनयन शुक्रबार र मतदान शनिबार हुने गरी अधिवेशनको कार्यतालिका बनाइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

