Rashtriya Dainik

बर्षाैदेखी अलपत्र ईटियाहीको दलित बस्तीमा सांसद यादवले बनाए ढलान सडक र नाला

वीरगंज १६ मंसीर । पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदीप यादवले वीरगंजको ईटियाहीमा ढलान गरिएको सडकको उद्घाटन गरेका छन् । बर्षाैदेखी अलपत्र रहेको वीरगंज महानगरपालिका–२३ ईटियाहीका दलित बस्तीमा सांसद यादवको संसदीय विकास कोषको १० लाखको लागतमा बनेको ढलान सडक र नालाको शनिबार उदघाटन गरिएको हो ।
निर्माण भएको ढलान सडक र नालाको उद्घाट गर्दै सांसद यादवले सडकसंगसंगै हरेक विकास निर्माणको कार्यलाई अगाडी बढाईने बताए । कुनै पनि गाउँको आर्थिक, समाजिक रुपान्तरणको लागि सडक र नालाको विकास अनिवार्य रहेको सांसद यादवले बताए । व्यवस्थित सडक र नाला भएसंगै स्थानीलये सडक किनारमा केही लगानी गरी आयमुलक कार्य गर्न सक्ने सांसद यादवले विश्वास व्यक्त गरे ।
व्यवस्थित सडक र पानीको निकासको लागि नाला नहँुदा ईटियाहीका दलित समुदाय बर्षाैदेखी सास्ती खेप्दै अएका थिए, तर सांसद यादवले ढलान सडक र नालाई बनाईदिएपछि बर्षाैदेखीको समस्याबाट छुटकारा भएपछि आफूहरु खुशी भएको बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित