Rashtriya Dainik

नवलपरासीको पाल्हिनन्दनमा लैङ्गिक हिंसा बिरूद्ध वृहत जनचेतनामूलक र्याली

उमेश बि.क / नवलपरासी , १६ मंसिर

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा लैङ्गिक हिंसा बिरूद्ध “लैङ्गिक समानता ” परियोजना अन्तर्गत गठित समुहले वृहत जनचेतनामूलक र्‍याली निकालेको छ ।

युनाइटेड मिसन टु नेपालको सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रद्वारा सन्चालित लैङ्गिक समानता परियोजना अन्तर्गत गठित अगुवा समुह, अभिभावक समुह, महिला समुह, पुरूष समुह र सासु समुहको कार्य योजना अनुसार लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत वृहत जनचेतनामूलक र्याली निकाली गाउँ परिक्रमा गरिएको थियो ।

लैङ्गिक हिंसा अन्त्य गरौं ,महिलालाई सम्मान गर ,सामान सहभागिताको शुनिश्चिता आजको आवश्यकता ,दाइजो प्रथा अन्तय गरौं ,घरैबाट शुरू गरौ महिला हिंसा अन्त्य लगायतका नारा सहित र्याली कार्यक्रम गरिएको हाे।

जनचेतनामूलक र्याली कार्यक्रम पाल्हीनन्दन -६ लङ्गडीपाकडबाट शुरू भइ राजाबारी हुदै पाल्हिनन्दन -५ विष्णुपुरा, गेरमी, चमनटोला लगायत टोल परिक्रमा गरिएको लैङ्गिक समानता परियोजना सहजकर्ता अशोक कुमार गुप्ताले जानकारी दिनुभएको हाे।

कार्यक्रममा पाल्हिनन्दन-५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ता, गेरमी प्रहरी चौकीका इन्चार्ज चोप बहादुर केसी, सुनवल सामुदायिक बिकास केन्द्रकाे सदस्य टुबिका कुवर, इन्दिरा कुवर ,सहजकर्ता अशोक कुमार गुप्ता र राधिका थारू लगायत २५० भन्दा बढी स्थानियको सहभागिता रहेको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित