दोरेन्द्र खड्का /बझाङ
बझाङको जयपृथिवी नगरपालिका वडा नम्बर ३ मा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ ।
बिहिवार जयपृथिवी नगरपालिका वडा न ३ मा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कण बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा युवा नेता पुर्ण खड्का अध्यक्ष रहने गरि ५५ सदस्य वडा कमिट गठन गरिएकाे छ। उपाध्यक्षमा रतन खड्का लक्ष्मी बि.क ,सचीव अनिल खड्का र सह सचिव मा राधिका जोशी ,रबिन्द्र रोकाया ,गेठे नेपाली रहेका छन । त्यस्तै पवन खड्का अध्यक्ष रहने गरि ३१ सदस्य युवा संघ समेत गठन गरिएकाे । उपाअध्यक्ष मौशमी खड्का अमित अाेड ,सचिव कलक खड्का उपसचिव आशिष बिक ,अनिल खड्का र दुर्गा खड्का रहेका छन।
कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थित रहेकाे थियाे। 
तेस्तै जयपृथिवी नगरपालिकाको वडा न ७ मा पनि वडा कमिटि गठन गरिएकाे छ । यस अघि केदारस्यु गाउँपालिका र बुङल नगरपालिकाका वडाहरूमा पनि नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको थियो । नेकपा (एस)ले बझाङ जिल्लामा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मी राज जोशीले जानकारी दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

