Rashtriya Dainik

पर्सामा ट्राफिक प्रहरीको असुली धन्दा शुरु

कृष्ण यादव/वीरगंज ,१६ मंसिर
जिल्ला ट्राफिक कार्यालय पर्साको मातहत रहेको ट्राफिक प्रहरीको पोस्टले विभिन्न चेकजाँचको बहानामा रकम असुल्दै गरेका छन्।

प्रत्येक २ महिनामा ट्राफिक प्रहरी परिवर्त हुने उक्त चोकमा अहिले ट्राफिकका इन्चार्ज सई कमल मिश्रा छन्।भने परवानिपुर का इन्चार्ज सई रमेश सुवेदी हुन्।

दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको पीडितहरुले बताएका छन् ।

ड्राइपोर्ट बहुअरी चोक सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।

त्यसै गरि गत महिनामा ड्राईपोर्ट ट्राफिक प्रहरीले विभिन्न चेकजाँचको बहानामा रकम असुलने गरेको विभिन्न मेडियाहरुमा समाचार अाएपछि तत्कालीन ड्राईपोर्ट प्रहरी प्रमुख दिपेन्द्र साहलाई जिल्ला तानिएको थियो।।

त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।

मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । बीरगञ्ज भन्सार कार्यालय आईसिपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालय र गण्डक चौक बाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको प्रमाण भेटिएको छ ।

त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए ।

परवानीपुर चौकीको कार्यालयको नम्बरमा फोन गरेर प्रमुख ईन्चार्जा प्रहरी नायब निरीक्षक रमेश सुवेदी संग बुझ्दा हामिले जरिवाना काटेरनै छोडदै गरेको बताए।उहाँ संग अरु प्रतक्रियालिन खोज्दा मोबाईलको फोन काटनुभयो।

त्यसै गरि ड्राईपोर्टका प्रहरी प्रमुख सई कमल मिश्राको मोबाईलमा फोन गर्दा सम्पर्क हुन सकेन ।

अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी चोक सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ । यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित