Rashtriya Dainik

मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले द्वन्द सृजना गर्छ : अध्यक्ष पठान

कपिलवस्तु ।
केही दिनदेखि नेपालकाे एउटा फिल्मकाे भिडियाे क्लिप भाइरल भइरहेकाे छ । गाेल्डेन आई फिल्म कम्पनीकाे ब्यानर र दयाराम दयालकाे निर्देशन तथा राजेश हमालद्वारा अभिनित नेपाली कथानक चलचित्र “दशगजा” मा भारतीय एसएसबी लक्षित केही बेरकाे भिडियाे क्लिप अहिले विभिन्न फेसबुक आईडीमा भाइरल भइरहेकाे पाइएकाे छ ।

“दशगजा” फिल्म काे भाइरल भिडियाेमा भारतीय एसएसबी प्रतिकाे जनआक्राेस देखाउन खाेजेपनि मित्र राष्ट्रलाई घाेच्याउने मानसिकता बढी नै रहेकाे इण्डाे-नेपाल समाजिक मञ्चका राष्ट्रिय अध्यक्ष अकरम पठानकाे भनाई छ । अध्यक्ष पठानले मित्रराष्ट्र विराेधी मानसिकता बढाउने फिल्मले समाज र दुईदेश बीच द्वन्द सृजना गर्ने बताउनुभयो । उनले राेटीबेटीकाे सम्बन्ध रहेकाे भारत नेपालकाे सबभन्दा असल मित्र हाे , भुकम्पदेखि लिएर बाढी पहिराेमा राहत हाेस अथवा पुर्वाधार निर्माण लगायत पुनर्निर्माणसम्ममा सहयाेग गर्दै आएकाे छ । यस्ता चलचित्रले निर्माता कम्पनीकाे त क्षणिक फाइदा हुन्छ तर दुई देशका जनतामा बैमन्स्यता फैलाइदिन्छ जुन सुरक्षा र समृद्धिका दृष्टिकोणले दुवैदेशका लागि हानिकारक हुनेछ ।सभार कपिलवस्तु टाइम्स डटकम l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित