राष्ट्रपति विद्यादेवी भण्डारी विहिवार भोलि कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा मंसिर १४ गते मंगलवारदेखि सुरु भएको २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको हो । विहान ११ बजे हेलिकप्टरमार्फत् राष्ट्रपति भण्डारी आइपुग्ने कार्यक्रम रहेको र त्यसका लागी सम्पूर्ण तयारी पुरा भएको वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । हेलिकप्टर ल्याण्ड गर्नका लागी हेलिप्याड निर्माण गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।
वडाध्यक्ष पौडेलका अनुसार सुरक्षा व्यवस्थाका लागी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तयारी अवस्थामा रहेका छन् । वडाध्यक्ष पौडेलले महायज्ञमा सहभागी हुन सम्पूर्ण नगरवासी तथा वडावासीलाई अपिल समेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको अवलोकन, विश्वविशाल शिव ज्योर्तिलिङको स्थापना र नवनिर्मित कुण्डको उद्घाटन गर्नुहुने यज्ञका प्रेरक गुरु ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले बताउनुभयो । गुरुकुलमको सहयोगगार्थ मंगलबारबाट महायज्ञ सुरु भईसकेको छ ।
राष्ट्रपतिबाटै विविधत् रुपमा यज्ञको उद्घाटन हुने भनिए तापनि उहाँको कार्य ब्यस्तताको कारण २ दिन ढिलो उद्घाटन हुने छ । यद्यपी यज्ञका अनुष्ठान भने मंगलबारबाटै सुरु भएको स्वामी लोकानन्द महाराजले जानकारी दिनुभयो । नन्दनगर बसाईको क्रममा राष्ट्रपति भण्डारीले भक्तसमक्ष छोटो भनाई राखेर विदाई हुने यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

