Rashtriya Dainik

काङ्ग्रेसका युवा नेता प्रमोदहरी गुरागाँईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाली काँग्रेसका युवा नेता प्रमोदहरी गुरागाँईले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत रहेका गुरागाँईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । उनले काँग्रेसको १४ औँ महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुने घोषणा गरेका छन् ।

विद्यार्थी राजनिति जीवनमा तीन पटक केन्द्रीय सदस्य तथा एक पटक उपाध्यक्ष गरी ४ कार्यकालको अनुभव गरिसकेका नेता गुराँगाइले आगामी महाधिवेशनबाट केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको बताए ।

देशभरबाट आउनुहुने प्रतिनिधि ज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु’ गुरागाँइले भने ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरीएको छ । केन्द्रीय सदस्यको उम्मेद्वारी मेरो लागि अवसर हो ।’

केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी हेटौडा र संघिय राजधानी काठमाडौँका लागि सोमबार यात्रा प्रारम्भ गरिएको उनले जानकारी दिए ।

काँग्रेस पार्टीको केन्द्रीय नीती अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य भई देशैभरी पार्टीले आयोजना गरेको पार्टी प्रशिक्षण प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका उनी १४ औँ महाधिवेशनका लागी काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ७ बाट समेत अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित