Rashtriya Dainik

अबैध दुईवटा भारतीय ट्रक धनगढीमाई नगरपालिकामा लुकाएको अबस्थामा फेला: सरोकारवाला मौन

महेश सिंह/ सिरहा लहान १५ मंसिर – भन्सार छली गरी नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रकहरु करिब एक बर्ष देखि सिरहामा लुकिछिपी कमाईखाने भाडोको रुपमा काम गरिरहेका छन् ।
प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रक भन्सार छलेर नेपाल भित्रिएको रहस्य खुलेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको RJ19 E1428 र RJ06 EAO889 नम्बर (बोर्डिङ्ग गाड्ने ) दुई वटा ट्रक अहिले बेवारिस अवस्थामा छन् ।
नगरपालिकाका उपमेयर फुल कुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ । काम पाए काम गर्छन् ,नपाए थन्काएर राख्छन् ।
पत्रकारको एक टोलि स्थलगत रुपमा रिपोर्टिङ्ग गर्न पुग्दा उक्त ठाउँमा कोई भेटिएन । स्थानीयलाई समेत सवारी धनिको नाम थाहा छैन् । नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संल्गनता रहेको छ , ‘सत्य तथ्य छानवीनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु ।,
एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब ३ हजार पर्छ , दुई वटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलोमतोको आशन्का देखिएको स्थानीयले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित