काठमाण्डाै – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई अझै बलियाे बनाउने बताउनुभएको छ ।
पार्टीकाे १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यकाे शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको टिम जुझारु र मेहनती भएकाले पार्टी थप बलियो हुने ओलीको भनाइ छ । उहाँले हरेक समस्यालाई सृजनात्मक र चनाखो ढङ्गले अध्ययन गरेर समाधानको बानी बसाल्न सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले एमालेका नेता/कार्यकर्ता अध्ययनशील बन्नुपर्ने र अरू पार्टीले एमालेबाट अनुसरण गर्न सक्ने खालको बन्नुपर्ने बताउनुभयो । उहाँले घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन नसक्ने भन्दै नागरिकको सेवामा विनम्रताका साथ लाग्ने व्यक्ति मात्रै नेता बन्न सक्ने बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

