उमेश बि.क / नवलपरासी ,१४ मंसिर
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुस्मामा ब्यवसायिक पशुपालन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे सहयोगमा तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुनर्जीवित परियाेजनाबाट उक्त तालिम सन्चालन गरिएको थियाे।

तालिममा बाेल्दै युनाइटेड मिसन टु नेपालकाे काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुनर्जीवित परियाेजना ब्यवस्थापक ज्याेती सेढांईले आधुनिक र व्यवसायिक तरिकाले गाई,भैंसी तथा बाख्रा पालन गरी आम्दानी गर्ने तथा तालिममा सिकेका कुराहरुलाई लागु गर्नुपर्ने कुरामा जोड दिनुभएको थियाे ।

परम्परागत रुपमा जीवन निर्वाहका लागि पशुपालन गरिरहेका किसानहरुलाई व्यावसायिक र स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो ।
तालिममा पाल्हिनन्दन गाउँपालिका वडा नं. १ देखि ६ अन्तर्गत २० जना पशुपालक कृषकहरुकाे सहभागीता रहेको रिकाेभ परियाेजना संयाेजक सबिना रेग्मीले जानकारी दिनुभएको हाे । तालिमको सहजिकरण पशु प्राबिधिक राम नगिना गुप्ताले गर्नुभएको थियाे ।
तालिमका सहभागीहरुले आफूले गरिरहेको कामलाई व्यावसायिक रुपमा अगाडि बढाउन तालिम सफल भएको बताएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

