नवलपरासी , १३ मंसिर । स्थानिय युवा समाजसेवी ब्रहमानन्द लोहारले एक गरिब परिवारको छोरीको विवाहमा केहि सामाग्री सहयोग गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै समाजसेवी लोहारले पाल्हीनन्दन गाउँपालिका वडा १ बडकी सुनरीबासी गोबरी गुप्ताको छोरीको विवाहमा आवश्यक सामाग्री मध्ये एकथान स्टिलको फैन्सी दराज र ठुलो बाकस सहयोग गरेका हुन् । परिवारले छोरीको विवाहलाई सफल बनाउन आवश्यक सरसमान तथा आर्थिक जोहो गरिरहेको बेला समाजसेवी ब्रहमानन्दले दराज र बाकस दिएकोमा यो सहयोग हाम्रो लागि निकै ठुलो सहयोग रहेको गोबरी गुप्ताले खुशी जाहेर गरे ।
स्थानिय गोरबी गुप्ताको छोरीको विवाहको शुभकामना दिदै समाजसेवी लोहारले आफनो खुशीले छोरीको विवाहमा सहयोग पुग्ने उद्देश्यले उनी एकथान दराज र बाकस सहयोग गरेपछि उनी चर्चाका विषय बनेका छन् । पछिल्लो समयदेखि ब्रहमानन्द सामाजिक कार्यमा सक्रियता देखाउदै गरिब दुखियालाई विभिन्न सहयोग गर्ने देखि विभिन्न सामाजिक कार्यमा अग्रसर भई भाग लिने कार्य गर्दै आएका छन् । उनले यस्तो सामाजिक कार्यमा युवाहरुले भरपुर सहयोग गरुन भनि सन्देश दिदै अगाडी बढिरहेको बताए ।
विवाह कार्यक्रममा दराज र बाकस सहयोग प्रदान गर्न स्थानिय समाजसेवी नेपाली कांग्रेसका गाउँपालका अध्यक्ष हरिहर चौहान, वडा १ का ईकाई सभापति चुल्हाई प्रसाद यादव, वडा ३ का सभापति मोहन गोसाई, संघिय कार्यसमिति सह सचिव उपेन्द्र गुप्ता, समाजसेवी राजनरेश दास पटेल, समाजसेवी सुरेन्द्र पटेल, पत्रकार जितेन्द्र गुप्ता, युवा समाजसेवी धर्मेन्द्र मौर्य, अनिल कहाँर लगायतको उपस्थिती रहेको थियो ।
गरिब दुखियालाई सहयोग गर्ने र सामाजिक कार्यमा रुची राखी सहयोग गर्दै आएका समाजसेवी ब्रहमानन्द लोकप्रिय बन्दै गएका छन् । उनी समाज सेवाका लागि आफुँ सधंै तत्पर र तयार रहने प्रतिबद्धता समेत जाहेर गरे । ब्रहमानन्दन नेपाली कांग्रेसको लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि पनि हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

