Rashtriya Dainik

कांग्रेसको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

यसअघिको कार्यतालिका अनुसार मंसिर १५ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो। तीन नेताबीच भएको सहमतिअनुसार अब १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते सातै प्रदेशका सदरमुकाममा अधिवेशन गर्ने निर्णय भएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित