नवलपरासी ,१३ मंसिर
नवलपुर प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।
गैंडाकोट नगरपालिका १४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषध सहित आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उक्त चोकमा उनलाई जाँच गर्ने क्रममा ७ एम्पुल डाइजेपाम, ७ एम्पुल नुफिन र ७ एम्पुल फेनारगन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धानको क्रममा उनको घरबाट समेत ६० एम्पुल डाइजेपाम, ६० एम्पुल नुफिन र ६० एम्पुल फेनारगन फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

