उमेश बि.क /नवलपरासी ,१३ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रहेकाे सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई छिट्टै समाधान गरिने सरावल गाँउपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनु भएकाे छ।
सरावल गाउँपालिकामा रहेकाे वडा न १ देखि ७ सम्मकाे सबै समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने अाफ्नाे मुख्य जिम्मेवारी रहेकाे प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
सरावल गाँउपालिका चुरे पहाड देखि भारतकाे सिमा नाकासम्म बनावट रहेकाे यी क्षेत्रमा लागुपदार्थ दुर्ब्यसनि ,महिला हिंसा तथा गाडि दुर्घटना जस्ता घटनाहरु बढि हुने भएकाेले यश तर्फ पनि अाफु समाधानकालागि लागिपरेकाे बताउनु भयाे।
याे गाँउपालिका अन्तर्गत रहेकाे यी विभिन्न समस्याहरु समाधान गर्न गाँउपालिकाले कुनै पनि कुरामा पछि नपर्ने ठाेकुवा गर्नु भयाे।
गाँउपालिका अन्तर्गत रहेकाे सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई सरावलकाे सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेकाे बताउनु भयाे ।
याे बर्षकाे खास गरि काेभिड बिशेष कार्यक्रम ,सडक कालाेपत्रे, विभिन्न विउबिजन अनुदानमा वितरण ,शिक्षा ,स्वास्थ्य ,खानेपानि ,युवा बिकास तालिम ,निर्माण,महिला ,बालबालिका ,पिछडा बर्ग , पर्यटन प्रबर्द्धन लगायत क्षेत्रकाे कार्यलाई निरन्तर्ता दिइरहेको जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

