उमेश बि.क/ नवलपरासी ,२ मंसिर नेकपाकाे निर्वाचित वडा सदस्य विन्द्रावति राजभर सहित १५० जना विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका छन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ पुसाैलिमा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसकाे शुभकामना अादानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमा सरावल गाउँपालिका वडा नं. ३ ,५ ,६ र ७ का विभिन्न पार्टी परित्याग गरि १५० जना काङ्ग्रेस केन्द्रीय सदस्य कण्डेलबाट सदस्यता ग्रहण गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन। नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिकाे अायाेजनामा कार्यसमिति सभापति बिनाेद कुमार पाण्डेयकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा शुभकामना अादानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य कण्डेलले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए।सरावल गाउँपालिका वडा नं. ५ देखि ७ सम्म र पाल्हिनन्दन १ र केही वडामा डुबान समस्या रहेको हुनाले केन्द्रीय स्तरबाट अाफु पहल गरेको बताउदै नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको छ । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै छठ पर्वको शुभकामना ब्यक्त गर्नुभएको हाे । पछिल्लो एक महिनामा नवलपरासीकाे विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेकपाका कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेको जिल्ला सभापति बिष्णु पाैडेलकाे दाबी छ । कार्यक्रममा केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक,लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,महासमिति सदस्य राधेश्याम चाैधरी,महासमिति सदस्य अनिल कुमार गाैड , नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उत्तमा राय,जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय ,रामग्राम नगर उपप्रमुख रम्भा कुवर,क्षेत्रीय उपाध्यक्ष चन्द्र कुमार गुप्ता ,वडा नं.७ सभापति संजय मिश्रा,दिपक क्षेत्री ,पुर्व महाधिवेशन प्रतिनिधि झिन्कु चाैधरी लगाएतकाे वक्ताहरुले समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेस प्रति लहर जागेको दाबी गर्दै नवप्रवेसि सदस्यहरुलाई स्वागत गर्दै छठकाे शुभकामना ब्यक्त गर्नु भएको थियाे। काङ्ग्रेसका केन्द्रिय प्रभावशाली नेता समेत रहेका प्रतिनिधि सभा सदस्य कण्डेलले जिल्लामा सक्रियता बढाए सङ्गै जिल्लामा विभिन्न पाटी परित्याग गरि काङ्ग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ। कण्डेलले यश अघि पनि जिल्लामा उल्लेखनीय रुपमा विभिन्न पाटीबाट काङ्ग्रेसमा प्रवेश गराएका कण्डेलका स्वकीय सचिव कमलकिशाेर रायमाझीले जानकारी दिनुभएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।