Rashtriya Dainik

बझाङको जयपृथिवी नगरपालिका वडा नम्बर ९ मा नेकपा (एस) को वडा कमिटी गठन

दोरेन्द्र खड्का /बझाङ
बझाङको जयपृथिवी नगरपालिका वडा नम्बर ९ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।
अाईतबार जयपृथिवी नगरपालिका वडा न ९ मा नेकपा (एकीकृत समाजवादी)का बझाङ जिल्ला उपाध्यक्ष कलक ब धामिको प्रमुख आतिथ्यतामा र राम बहादुर खड्काको अध्यक्षतामा भएकाे कार्यक्रममा देवेन्द्र खड्का अध्यक्ष रहने गरि ६१ सदस्य वडा कमिट गठन गरिएकाे छ। उपाध्यक्षमा तुलसि नेपाली र सन्दिप धामी, सचीवमा भक्त तिरूवा र सह सचिव मा शैलेन्द्र खड्का रहेका छन । तेस्तै कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थित रहेकाे थियाे।
तेस्तै हिजाे जयपृथिवी नगरपालिका को वडा न ४/५ र १० मा पनि वडा कमिटि गठन गरिएकाे थियो । यस अघि केदारस्यु गाउँपालिका र बुङल नगरपालिकाका वडाहरूमा पनि नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको थियो । नेकपा (एस)ले बझाङ जिल्लामा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मी राज जोशीले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित