Rashtriya Dainik

पार्टी एकढिक्का बनाउन तरुणको भुमिका आवश्यक:अध्यक्ष गुरुङ

पश्चिम् नवलपरासीमा भर्खरै मात्र समग्र अधिवेशन सकिएको छ।अधिवेसनले जिल्लामा ईतर पक्ष बलियो देखिएको छ।

पार्टीको आन्तरिक अधिवेसनमा गुट वा दुईटा पक्ष देखिनु स्वभाविक भएको तर अब भने सबै एक भएर अगाडी बढ्नु पर्ने तरुणदल जिल्ला सभापति सुक बहादुर गुरुङले बताए।

तरुणले नेतृत्वलाई समर्थन मात्र होइन खबरदारी समेत गर्नु पर्ने बताउदै आगामी दिनमा काङ्ग्रेसलाई एकढिक्का बनाएर लैजान तरुणको मुख्य भुमिका रहनु पर्नेमा उनले जोड दिए।पार्टी भित्रका आन्तरिक मतभेद र तिक्तताहरुलाई आजकै मितिबाट अन्त्य गरि कसैप्रती मतभेद आग्रह वा पुर्वाग्रह नराखी आउदो निर्वाचनमा पश्चिम् नवलपरासीमा काङ्ग्रेसलाई कसरी बिजयी बनाउने भन्ने तिर सबै नेतृत्व अग्रसर हुनु पर्ने अध्यक्ष गुरुङले बताए।

पार्टीभित्रको आन्तरिक बैमन्स्यता बाहिर आउदा त्यसले विपक्षलाई बलियो बनाउने हुदा नेतृत्वले अब सबै कार्यकर्ता,शुभेच्छुकहरुलाई समेटेर सबैको अस्तित्वलाई स्विकार गरेर अगि बड्न सक्नु पर्नेमा अध्यक्ष गुरुङ्को जोड रहेको छ।पार्टीलाई एक बनाउन तरुणदलले सबै प्रयत्न गर्ने र नेतृत्वले बाटो बिराएमा खबरदारी गर्ने समेत उनले उल्लेख गरे।

अध्यक्ष गुरुङले अधिवेशन सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै पार्टीका सबै नेतृत्व,कार्यकर्ता,शुभेच्छुक र सबै तरुण हरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन ।अध्यक्ष गुरुङ महाधिवेशन प्रतिनिधीना निर्वाचित समेत भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित