Rashtriya Dainik

तीन दिने ब्यवसायिक च्याउ खेती तालिम सम्पन्न

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ गेर्मिमा तीन दिने ब्यवसायिक च्याउ खेती तालिम सम्पन्न भएको छ।

युनाइटेड मिसन टु नेपालकाे सहयोगमा तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवन परियाेजनाबाट उक्त तालिम सन्चालन गरिएको थियाे।

तालिममा च्याउको परिचय, महत्व, प्रकारका तथा कन्ये च्याउको खेती प्रविधिको गोब्रे च्याउ खेतीका लागि ब्याड बनाउने, बीउ छर्ने, छोप्ने, टिप्ने तरिकाका बारेमा प्रशिक्षक राम नगिना गुप्ताले तालिम दिएका थिए ।

पुरुष तथा महिलाहरुलाई आयआर्जन तथा व्यवसायी बनाउने उद्देश्यले सन्चालित च्याउ खेती तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सुनवल सामुदायिक बिकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाले स्थानीय स्थरमा कम लगानिमा पनि च्याउ खेति गर्न सकिने र अन्य बालिको तुलनामा कम समयमै बढि मुनाफा लिन सकिने भएकोले ब्यवसायिक रुपमा सहभागी सबैलाई च्याउ खेतीमा लाग्न सुझाव दिनुभएको हाे। संस्था जनहितका लागि तमाम काम गरिरहेकाेले तालिममा सहभागीहरुलाई ब्यवसायिकरण तथा अात्मनिर्भर बनाउन सहयोग पनि उपलब्ध गराउने जानकारी दिनुभएको हाे।

२० जनाको सहभागीता रहेको समापन कार्यक्रमको सञ्चालन फिल्ड सुपरभाइजर उमेश बि.क ले गरेको रिकाेभ परियाेजना संयाेजक सबिना रेग्मीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित