दोरेन्द्र खड्का /बझाङ
बझाङको तलकाेट गाउँपालिका वडा नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ ।
शनिवार तलकाेट गाउँपालिका वडा नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटि सचिव लक्ष्मी प्रसाद जोशीको प्रमुख आतिथ्यतामा र धन बाहादुर कठायतको अध्यक्षतामा भएकाे कार्यक्रममा राजकुमार थापा अध्यक्ष रहने गरि ३१ सदस्य वडा कमिट गठन गरिएकाे छ।
उपाध्यक्षमा दिपेन्द्र अएडि र लक्ष्मी कठायत , सचीवमा रबेन्द्र अएडि र सह सचिवमा जनक बिक र लक्ष्मी राज कामी रहने गरि कमिटि गठन गरिएकाे जिल्ला कमिटि सदस्य मान बहादुर जेठाराले बताउनु भएकाे छ।
कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थित रहेकाे थियाे। 
तेस्तै अाज जयपृथिवी नगरपालिकाको वडा न ४/५र ११ मा पनि वडा कमिटि गठन गरिएकाे छ ।यस अघि केदारस्यु गाउँपालिका र बुङल नगरपालिका का वडाहरूमा पनि नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको थियो । नेकपा (एस)ले बझाङ जिल्लामा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मी राज जोशीले जानकारी दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

