Rashtriya Dainik

सिरहाको नैनपुरमा १५ बेड अस्पतालको नयाँ भवन बन्ने निर्णय अन्तिम चार्नमा

सिरहा ११ मंसिर – सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर -९ स्थित रहेको नैनपुर अस्पतालका लागि १५ वेडको नयाँ भवन बन्ने भएको छ।ढाई तल्ले भौतिक संरचना निर्माणका लागि नगरपालिकाले मंगलवार दुईपक्ष बिच अन्तिम सम्झौता भएको थियो ।

२०७८ मंसिर ७ गते देखि २ बर्षमा काम सम्पन्न हुनेगरी नगरपालिकाले कठमाण्डौको सिनर्जी सुवेदी कुलेश्वर – १४ लाई १४ करोड १७ लाखमा भ्याट सहित ठेक्का दिएको नगरपालिकाले जनाएको छ।ठेकेदार कम्पनीको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्दै आधिकारिक प्रतिनिधि ईन्जिनियर दिपेन्द्र ठाकुरले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन्।

नगर प्रमुख हरिनारायण चौधरी,प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले,ईन्जिनियर शम्भु यदव लगायतको उपस्थितिमा सम्झौता – पत्र हस्तान्तरण गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित